नेप्सेको सकारात्मक यात्रा कायमै: कारोबार रकम भने घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। अघिल्लो मंगलबार र आईतबार बढेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.२३, फ्लोट इण्डेक्स ०.२९ र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।

- Advertisement -
Ad imageAd image

नेप्से बढेपनि कारोबार रकम घटेको छ। आईतबार करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टक उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इजर्नी डेभलपमेन्ट कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । दुई स्टक ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयरमा नकारात्मक सर्किट लाग्यो ।

कारोबार रकमका आधारमा यस दिन पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । कम्पनीको यस दिन ३५ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भयो । १३ समूहमध्ये आज ७ समूहको परिसूचक बढ्यो भने ६ समूहको परिसूचक घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्