मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नविकरण नगर्ने भएको छ।

दुई वर्षअघि नेपाली राष्ट्रिय टीमको प्रशिक्षकमा नियुक्त भएका देसाईको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानले जनाएको छ। शनिबार क्यानले सामाजिक सञ्जालमार्फत मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।

- Advertisement -
Ad imageAd image

देसाई २०७९ माघमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।

उनी प्रशिक्षक बनेसँगै नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो । यस्तै नेपालले पहिलोपटक एसिया कप तथा १० वर्षपछि आईसीसी टी-२० विश्वकप पनि उनकै प्रशिक्षणमा खेलेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्