माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएकाे प्रचण्डको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढ्दै गएकाे दाबी गरेका छन् ।

शनिबार नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको समेत बताएका हुन् ।

- Advertisement -
Ad image

उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्