जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार कसरी गर्ने शनिदेवको पूजा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – आज २०८१ साल माघ १९ गते शनिबार माघ शुक्ल पक्षको तृतीया तिथि । शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान सूर्यका पुत्र हुन् । उनमा आमाको छाया छ । यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन् ।

- Advertisement -
Ad imageAd image

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ । उसको सम्मान गर्नुपर्दछ । शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ । शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्