संसद्‌मा अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने रास्वपाको निर्णय: रविको विषय जोडदार रुपमा उठाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले हालै ल्याएको ६ वटा अध्यादेश अस्वीकारको प्रस्ताव संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले संसद सूचारु भएपछि तत्काल सो प्रस्ताव दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

त्यस्तै रास्वपाले संसद् बैठकमा सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे जोडदार रुपमा कुरा उठाउने निर्णय गरेको छ । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि रविको सांसद पद हाल निलम्बन छ । उनलाई निलम्बन गर्ने निर्णय रास्वपाले आपत्ति जनाउँदै आएको छ ।

- Advertisement -
Ad imageAd image

‘उहाँको सांसद पद निलम्बन भएको छ। त्यो प्रतिनिधि सभाको नियमावली र संविधानसँग मिल्दैन। उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ। त्यो संविधानको विपरित छ। हामीले चाँडै न्याय पाउँछौं’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रमुख सचेतक परियारले भने।

त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादका क्रममा भएको झडपको भर्त्सना गर्दै पीडितहरूलाई न्याय दिन समेत माग गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्