पूर्वराजा शाह भोलि गोरखपुर जाँदै: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०८१, बुधबार
1 Min Read
Aa
(161020) -- KATHMANDU, Oct. 20, 2016 (Xinhua) -- Nepalese Former King Gyanendra Shah speaks during the International Grand Hindu Conference in Kathmandu, Nepal, Oct. 20, 2016. More than 1,000 Hindus from across the globe have gathered in Nepal on Thursday to participate in the International Grand Hindu Conference. (Xinhua/Sunil Sharma) (dtf)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह भोलि भारतको गोरखपुर जाने भएका छन् । भारतमा रहँदा उनले गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने तयारी छ ।

भैरहवामा रहेका पूर्वराजा शाह बिहीबार भैरहवाबाट गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्