कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

सहकारी प्रकरणमा आफूसँग ६५ लाख रूपैयाँ धरौटी माग्ने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको दाबीसहित उनी उच्च अदालत गएका हुन् । उनले आफूलाई साधारण तारेखमा छाड्न माग गरेको बताइएको छ ।

- Advertisement -
Ad imageAd image

लामिछाने हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए । रविसँग काठमाडौं जिल्ला अदालतले ६० लाख रूपैयाँ र रूपन्देही जिल्ला अदालतले पनि १ करोड रूपैयाँ धरौटी मागेका छन् । पोखरापछि अन्य २ अदालतको आदेशविरुद्ध पनि रवि सम्बन्धित उच्च अदालत जाने बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्