रवि लामिछानको थुनछेक बहस आज पनि जारी रहने: आजै आदेश आउने सम्भावना !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमा आईतबार पनि जारी रहने भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।

यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको हो ।

- Advertisement -
Ad imageAd image

शुक्रबार बहस नसकिएले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आइतबार नै आदेश आउन सक्ने सम्भावना छ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले आइतबार बहस गर्ने छन् ।

शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका थिए ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्