६ महिनाभित्र करिब ३ हजार नेपाली अमेरिकाबाट डिपोर्ट हुनसक्ने आकलन !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनेबित्तिकै अवैध रुपमा प्रवेश गरेका आप्रवासी फर्काउने आप्रवासनसम्बन्धी नीतिको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

जसको कारण अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरु पनि प्रभावित हुने देखिन्छ । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्ककाअनुसार ट्रम्पको उक्त नीतिअन्तर्गत ३ हजारभन्दा बढी नेपाली डिपोर्ट हुन सक्नेछन् ।

- Advertisement -
Ad imageAd image

जसमा जुन २४, २०१५ पछि अमेरिकामा प्रवेश गरेका पर्दछन् । हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।

अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जारी गरेको तथ्याङ्कअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भएपनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् ।

तिनीहरूसँग अस्थायी संरक्षित स्थिति (टीपीएस) वा अन्य कुनै कानूनी सुरक्षा नभएकोले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।

पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइएको छ । जसमा सन् २०२१ मा ३८ साथै २०२२, २०२३ र २०२४ मा क्रमशः २४, २५ र १६ जना छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्