नेप्सेमा दोहोरो अंकको गिरावट: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बाजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।

- Advertisement -
Ad imageAd image

बिहीबार ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ ।

हिजो अर्थात् बुधबार भने ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो, यसको तुलनामा झन्डै २ अर्ब कम कारोबार भएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्