रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै रवि: जेल जालान कि छुट्लान ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (बुधबार) रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

- Advertisement -
Ad imageAd image

सो अभियोगमा अदालतमा हाजिर हुन रवि हिजो बुद्ध एअरको विमानमार्फत त्यहाँ भैरहवा पुगेका थिए । आज आफैँ अदालतमा उपस्थित हुने लामिछानेको तयारी रहेको रास्वपा स्रोतले जनाएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्