अमेरिकी राष्ट्रपति ट्रम्पको आज सपथ: समर्थकहरूको विजयी जुलुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०८१, सोमबार
1 Min Read
Aa
WASHINGTON, DC - SEPTEMBER 22: U.S. President Donald Trump exits the Oval Office and walks to Marine One on the South Lawn of the White House on September 22, 2020 in Washington, DC. President Trump is traveling to Pittsburgh, Pennsylvania for a campaign event. (Photo by Drew Angerer/Getty Images)

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले आज (सोमबार) शपथ लिँदैछन् । शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन् । शपथ ग्रहणअघि उनका समर्थकहरु ठूलो संख्यामा जम्मा भएर विजयी जुलुस निकालेका छन् ।

ट्रम्पको शपथ ग्रहण समारोह अमेरिकी संसद भवन ‘क्यापिटल’मा हुनेछ । उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ । शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई समेत निम्तो दिएका थिए । तर, सपथ समारोहमा सी नगएर चिनियाँ उपराष्ट्रपति सहभागी हुँदैछन् ।

- Advertisement -
Ad image

राष्ट्रपति जो बाइडेन र ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिसले शान्तिपूर्ण तवरबाट सत्ता हस्तान्तरण हुने बताएका थिए । गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै अमेरिकाको दोस्रोपटक राष्ट्रपति निर्वाचित भएका थिए ।

राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन् । ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित एक सय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्