काठमाडौं – गायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्न गरिएको छ ।
भापाको भद्रपुर कर्मथलो रही विगत लामो समयबाट लेखन यात्रामा लागिरहेका गीतकार सत्यनारायण तायलको शब्द रहेको गीतले पूर्वेली जनजीवन बोलेको गायक पोखरेलको कथन छ । गीतकार तायलले मारवाडी भाषामा दर्जनौ गीत कविताका साथै साहित्यक लेखनमा कलम चलाउँदै आएका छन् ।
सयौं सफल नेपाली चलचित्रका गीतमा कोरियोग्राफी गरिसकेका कमल राईको निर्देशन, शिव ढकालको छायांकन साथै पदम राईको नृत्य रहेको छ ।
भिडियोमा अहिलेका चर्चित मोडेल पुर्ण सावा लिम्बू र माही शर्मा ले अभिनय गरेका छन् । निर्माण नियन्त्रक भने प्रदिप महतो र कुमार सिलवालले गरेका हुन् ।
सुटिङ स्थलमा राष्ट्रिय गायिका पवित्रा ओली, अर्जुन खरेल, कल्पना भट्टराई, बेद प्रकाश घिमिरे, खेम सापकोटा, सबिन लिम्बू , जतिन श्रेष्ठ, उमेश पान्डे पुर्ण सुनार, मोडल सुमन लाम्गादे, समाजसेवी एवम गीतकार लबकुस गौतम, चेतना नेपालको अध्यक्ष इन्द्र ओलि, बिज इन्टरनेशनलका प्रवन्धक अशोक भन्डारी, पाथीभरा साउन्डकी सन्चालिका निर्मला अधिकारी ओली, डान्सर प्रकृती खडका, गीता आचार्य पान्डे, भजन गायिका निर्मला बस्नेत, वरिष्ठ सङ्गीतकार बिकास चौधरी आदिको उपस्थिती रहेको थियो ।
गीतकार सत्यनारायण तायलको निर्माणमा बनेको नजाउ मलाई एक्लै छोडी बोलको मारुनी गीतको सङ्गीत भने गायक स्वयम् निरज पोखरेलले गरेका हुन् । यसभन्दा अगाडी गीतकार सत्यनारायण तायलको नेपाली र मारवाडी गीत गरी दर्जनौ रेकर्डिङ भैसकेका छ । उनी पुरानो चर्चित नेपाली फिल्म चोट तथा मनकामनाको निर्माता समेत हुन् ।
दर्जनौ संघसंस्थामा आबद्ध गीतकार तायलको गीत मारुनी चाँडै ओएसआर डिजिटलबाट रिलिज हुने संगितकार पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्