२६ सय अंकमाथि उक्लियो सेयर बजार: १२ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । आज नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ ।

आज १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५४० पटक शेयर किनबेच भएको छ ।

- Advertisement -
Ad image

आज १३ वटा समूहमध्ये ३ वटा समूह घटेको छ भने बाँकी १० वटा समूह बढेको छ । आईतबार उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज उक्त समूह २.५७ प्रतिशतले बढेर ६ हजार ८९४.९२ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१७ प्रतिशतले बढेको छ भने बसैभन्दा बढी म्युचुअल फण्ड समूह ०.४६ प्रतिशतले घटेको छ । आज सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.०८ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्