यु-१९ महिला विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध भिड्दै नेपाल, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौँ – महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दै छ । युकेएम क्रिकेट ओभल, मलेसियामा हुने यो खेल नेपाली समय अनुसार अहिले अपरान्ह सवा १२ बजेदेखि शुरु हुने छ ।

विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

- Advertisement -
Ad imageAd image

गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो। उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो। त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्