सहकारी ठगीका नाईके जीबी राईको राहदानी रद्द गर्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगीको आरोपमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न अनुमति दिएको हो ।

अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन।

- Advertisement -
Ad image

यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो। तर अदालतले अनुमति दिएको थिएन। अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्