नेप्से सात अंकले घट्दा ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३३ अङ्कले घटेर २५८८ दशमलव ६२ को विन्दुमा पुगेको छ ।

बिहीबार २९६ कम्पनीको ७० हजार ६३४ पटकको कारोबारमा १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad image

८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । पाँच उपसमूह बढ्दा अन्य राताम्मे भएका छन् । विहीबार सिन्धु विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्