परराष्ट्रमन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीच फोनवार्ता, विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि थप पहल गरिदिन आग्रह गरेकी छन् । आज (मङ्गलबार) बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँगको फोनवार्तामा परराष्ट्रमन्त्री देउवाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी हुन् ।

कुराकानीका क्रममा कतारका मन्त्री डा. खुलाइफीले हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि पहल गरिरहेको बताइएको छ ।

- Advertisement -
Ad imageAd image

७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी नेपाली विद्यार्थी विपिनलगायतलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । त्यसयता विपिनको बारेमा आधिकारिक कुनै खबर आएको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्