संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने मधेशी दलको सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरुले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन्।

मंगलबार काठमाडौंमा बसेको मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकले संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका हुन्। दुईदलीय प्रणालीमा लैजाने, थ्रेस होल्ड लगायतका विषयले देशको राजनीतिलाई नै असर पार्ने काम भइरहेकाले साझा ढंगले अघि बढ्ने सहमति समेत भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

उनले मधेश केन्द्रित राजनीतिक दलहरुहरु अब मोर्चा बनाएर अघि बढ्ने भन्दै आगामी बैठकमा साझा एजेण्डा तयार गरिने बताए। विभिन्न कारणबस मधेश केन्द्रितदलहरु विभाजित भएकाले भन्दै अब सहकार्य गर्ने प्रण गरिएको र वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने उनले बताए।

बैठकमा जनता प्रगतिशील पार्टी लगाएत राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत सहभागी थिए। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि बैठकमा बोलाएपनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको र अर्को बैठकमा सहभागी हुने जवाफ आएको त्रिपाठीले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्