२५ सयमा फर्कियो सेयर बजार: साढे ६ अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार ओरालो यात्रालाई निरन्तरता दिएको छ । यसदिन नेप्से १५ अंकले घट्दा परिसुचक २५९४ बिन्दुमा झरेको छ । आज १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोडको कारोबार भएको छ ।

हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ९९ करोडको कारोबार भएको थियो । आज कारोबारका आधारमा एनआरएन इन्फ्राइस्टक्चरले सर्वाधिक ४५ करोडको कारोबार गर्यो ।

- Advertisement -
Ad image

कारोबारमा आएका १७५ कम्पनीको सेयर घटेको छ भने ६३ कम्पनीको सेयर बढेको छ । यस्तै ५ कम्पनीको सेयर स्थिर रहेको छ ।

यसदिन बाराही हाइडा्रेपावरको सेयर १० प्रतिशतले बढेको छ भने आत्मनिर्भर लघुबित्त, सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको छ ।

यसदिन बैंकिङ, विकासबैंक, फाइनान्स, हाइड्रोपावर ,लगानी, होटल एण्ड पर्यटन, इन्स्युरेन्स, निमार्ण , माइक्रो फाइनान्स, म्युचल फण्ड, निर्जीवन बीमा लगायतका सबै सुचक घटेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्