काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार सेयर बजार राताम्मे भएको छ । यसदिन नेप्से २५.४१ अंकले घटेर परिसुचक २६०९ मा कायम भएको छ ।
यसदिन ८० लाख कित्ता सेयर किनबेच हुदा मात्र ३ अर्ब ९९ करोडको कारोबार भयो । कारोबारमा आएका १९४ कम्पनीको सेयर घट्दा ४३ कम्पनीको मूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबारका आधारमा आज एन आर एन इन्फ्राइन्टक्चरले सर्वाधिक २० करोडको कारोबार गर्यो । आज सबै सूचक राताम्मे भएका छन् भने फाइनान्स सबैभन्दा धेरै ( ३.६०) प्रतिशतले घट्यो ।
आज ह्विन नेपाल लघुबित्त र सिन्धु बिकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको मूल्य १० प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्