रवि लामिछानेले फेरि प्रहरी हिरासत फर्किए: थुनछेक बहस हेर्दाहेर्दैमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगीको मुद्दामा थुनछेक बहस स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंमा उनको बयान सकिएर बहस गर्न नभ्याउने भएकाले हेर्दाहेर्दैमा राखिएको अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले जानकारी दिए । उनका अनुसार सोमबार बहसका लागि उपस्थित गराउन उनलाई आज थुनामा पठाउने आदेश भएको छ ।

- Advertisement -
Ad imageAd image

कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि उनलाई हाजिरी जमानीमा छाडिएको थियो । त्यसपछि आईतबार बिहान उनी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका थिए ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा रवि विरुद्धको मुद्दाको थुनछेक बहस जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हेर्दाहेर्दैमा छ । जिल्ला न्यायाधीश अधिकारीले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका छन् ।

रविसहित ३९ जनाले सहकारीको १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । पोखरामा उनी ८४ दिन प्रहरी हिरासतमा बसेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्