प्रचण्ड भन्छन्: ओली सरकार फेल भइसक्यो, अब चल्दैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन्।

सिंहदरबारमा विपक्षी दलका नेताहरूसँगको भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी छ। अब सरकार फेल हुने बेला भइसक्यो। चल्दैन,’ उनले भने।

- Advertisement -
Ad image

आज प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता राजेन्द्र श्रेष्ठबीच छलफल छलफल भएको हो। उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्