धरौटी बुझाएर रवि लामिछाने रिहा: काठमाडौं अदालतमा आफैं उपस्थित हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले माग गरेको ६५ लाख धरौटी बुझाएर उनी रिहा भएका हुन्।

यसअघि धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारी भएपनि तत्काललाई उनी पक्राउ नपर्ने भएका छन्। प्रहरी लामिछानेलाई स्वास्थ्य परीक्षण गराएर स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्ने भएको हो। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ।

- Advertisement -
Ad imageAd image

कास्की अदालतले लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको हो।

अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनालसहित आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्