काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ ।
आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । बजारको परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।
आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ । लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ ।
विकास बैङ्क शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्