मितेरी सहकारी प्रकरणमा धनराज गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मितेरी सहकारी ठगीबारे नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले दोस्रो पटक बयान लिएको छ। गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब ५ घण्टा सोधपुछ गरिएको हो।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको घटनामा यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई सोधपुछ गरेको थियो।

- Advertisement -
Ad image

सहकारीको रकम हिनामिना गरेको भन्दै सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ।

प्रहरीले गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको बताइएको छ। गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ साल देखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन।

उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्