सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्ष दल माओवादीका केन्द्रीय समिति बैठक आज पनि जारी रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडाैं – सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साेमबार पनि जारी रहनेछ।

हिजाेदेखि सुरू भएकाे बैठकमा दुवै दलका अध्यक्षले पेश गरेकाे प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ। एमाले बैठक बिहान ११:०० बजेबाट केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सुरू हुनेछ।

- Advertisement -
Ad image

एमाले बैठकमा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ।

जसमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन्। साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिकाबीच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रीय सदस्यले आ-आफनो धारणा राख्नेछन्।

माओवादी केन्द्रको हिजोबाट स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराहीमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्