एमाले केन्द्रीय कमिटी बैठकः देश र जनताको हितमा केन्द्रित हुन नेता/कार्यकर्तालाई ओलीको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटी बैठकले विभिन्न समयमा भएका बैठकका निर्णय अनुमोदन गरेको छ । एमाले केन्द्रीय कार्यालयमा आज भएको बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता गरिएका पोलिटब्यूरो र केन्द्रीय सचिवालय बैठकका निर्णय सर्वसम्मतिले अनुमोदन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकमा राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्ना धारणा प्रस्तुत गर्ने क्रम जारी छ । भोलि सोमबारसम्म हुने बैठकमा राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि नेताहरुले धारणा प्रस्तुत गर्नेछन् ।

- Advertisement -
Ad imageAd image

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलाबजङ्ग शाह, धर्मराज रेग्मी, विनोद शाह र ठम्मरबहादुर विष्टले राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत र घनश्याम पाण्डे, शिवराज सुवेदी, नवीन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल र खड्कबहादुर खड्काले आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सदस्यहरूलाई सङ्गठनात्मक काममा सक्रियतासाथ लाग्न निर्देशन दिए । पार्टीका सबै नेताकार्यकर्ता निजी स्वार्थमा केन्द्रीत भएर होइन, देश र जनताको हितमा केन्द्रित भएर चल्नुपर्नेमा अध्यक्ष ओलीले जोड थियो ।

महासचिव पोखरेलले पार्टीविरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको सन्दर्भमा त्यसलाई परास्त गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको कार्ययोजना पूरा गर्ने अठोटका साथ केन्द्रीय कमिटीको आठौँ बैठक आयोजना गरिएको बताए ।

महासचिव पोखरेलले साङ्गठनिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौँ बैठकयता सङ्गठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण काम भएको, नेकपा स्थापनाको हीरक महोत्सव आयोजना गरिएको, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएकोलगायत विषय प्रस्तुत गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्