बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत भेटिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत भेटिएका छन् । सुस्मिताको मृत्यु पछि फरार रहेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि मृत भेटिएका हुन् ।

काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। उनलाई छाडेर ढोका थुनेर फरार भएका थापा शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो। भने थापाको खोजि तिब्र बनाएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्