चार अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो । आज ङादी हाइड्रो, सामुदायिक लघुवित्त, सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे । ङादीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ अर्थात् १० प्रतिशतले बढेको छ ।

बजारसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आज चार अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँ बराबरको एक करोड ८६ हजार ७०५ कित्ता सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा तीन अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

- Advertisement -
Ad image

समूहगत उपसूचकतर्फ बैकिङ सेक्टर, लगानी लघुवित्त, व्यापार र अन्य सूचकको सेयरमूल्य घट्दा बाँकी समूह उकालो लागे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्