सूर्यदर्शन सहकारी ठगी प्रकरण: आजदेखि जाहेरवालाको बहस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा आज (बिहीबार)देखि जाहेरवालाको तर्फबाट बहस हुने भएको छ । बुधबार सरकारी वकिलको तर्फबाट बहस सकिएकोमा आजदेखि जाहेरवालाको बहस सुरु हुन लागेको जिल्ला अदालत कास्कीले जनाएको छ ।

जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो ।

- Advertisement -
Ad imageAd image

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन् । यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरे ।

दुबै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ ।

सूर्यदर्शन सहकारी ठगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति मुछिएका छन् । यसैले उनीसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल,

पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसहित विभिन्न व्यक्ति र संस्थासमेत ४४ प्रतिवादी छन् ।

लामिछानेविरुद्ध सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्