स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान सकियो: रविसहित ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौ – काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

प्रहरीले अनसन्धान प्रतिवेदन बिहीबारसम्म जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्ने तयारी गरेको छ । ४४ जना प्रतिवादीबाट प्रहरीले एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो मागदावी लिनुपर्ने राय दिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रविसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ ।

- Advertisement -
Ad image

कात्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । रवि र छवि विरुद्ध हाल पोखरा जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो । स्वर्णलक्ष्मीको रकम ठगी प्रकरणबारे बयान लिन पोखराबाट रविलगायतलाई काठमाडौं ल्याइएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्