सेयरबजारमा ५ अंकको सुधार: कारोबार रकम भने गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव १० अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१० अङ्कले बढेर २५८१.६० विन्दुमा पुगेको छ ।

मंगलबार ३३.०८ अङ्कले घटेको शेयर बजार २५७६.५० मा पुगेर अडिएको थियो । आज बजारमा ९४ लाख ३४ हजार ९ कित्ता शेयरको खरिद बिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँको कारोबार भएको छ ।

- Advertisement -
Ad image

१५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो । यस्तै ४ कम्पनीको मूल्य स्थिर रह्यो । मङ्गलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह तीन दशमलव ८७, विकास बैंक एक दशमलव ६८ र जलविद्युत् समूह एक दशमलव २४ प्रतिशतले बढेको छ ।

त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, लगानी शून्य दशमलव शून्य नौ, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ६३ प्रतिशतले बढको छ ।

अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७२, जीवन बीमा शून्य दशमलव शून्य छ, लघुवित्त शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको हो ।

त्रिशूली जलविद्युत् कम्पनीको मूल्य दश प्रतिशत बढ्यो भने सपोर्टो माइक्रोफाइनान्स वित्तीय संस्थाको मूल्य दश प्रतिशतले नै घट्यो ।

मंगलबार १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्