सहकारी ठगी प्रकरण: अदालतमा रविसहित यी ६ प्रतिवादीको बयान सकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका ६ जना प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएपछि बयान सुरु गरिएकोमा आईतबार ३ जना प्रतिवादीको बयान सकिएको छ । आईतबार प्रतिवादीहरू रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग बयान लिइएको छ ।

यसअघि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईसँग बयान लिइएको थियो । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गरेसँगै न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

- Advertisement -
Ad image

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्रै थुनछेक बहस र आदेश हुने अदालतले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्