सेयर बजारमा दोहोरो अङ्कको गिरावट: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २६०९ दशमलव ५८ को विन्दुमा पुगेको छ ।

बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो ।

- Advertisement -
Ad image

माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे । आज प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्