माओवादी बलियो भएमात्रै देशमा सुशासनको नयाँ युग सुरु हुने प्रचण्डको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘माओवादी एक नम्बरको पार्टी भएमात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने बताएका छन् ।

शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी एक नम्बरको पार्टी भएमात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने बताएका हुन् ।

- Advertisement -
Ad image

मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ। भ्रष्टाचारीलाई यसै छोडिने छैन । गिरिबन्धु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन । यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ,’ उनले भने, ‘हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरी नै सक्यौं। अहिले मैले अब धेरै भन्नु छैन ।’

आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष दाहालले मिटर ब्याजीहरू मिटरब्याजको नाममा जनतालाई शोषण गरेको बताए। उनले सरकार गलत कदम र आफू नेतृत्वले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको बताए ।

त्यस्तै उनले सुदूरपश्चिमको विकासमा आफू दत्तचित भएर लागेको बताउँदै भारत भ्रमणको बेलामा सीमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेख कालापानीको समस्यासम्म खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको समेत बताए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्