पोखरामा सकियो रवि लामिछानेको बयान: जेल जालान कि छुट्लान ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान लगातार दुई दिन लिईएको हो ।

सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । सोही बीचमा उनी संघीय संसद्को सांसद पदबाट निलम्बन भइसकेका छन् ।

- Advertisement -
Ad image

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण यसअघि उनी अदालतमा गए पनि बयान दिन नपाएपछि यसै हिरासतमा फर्केका थिए ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

रबि पक्राउ परेको ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्