एनसेलको सेयर बिक्री रोक्न माग गरेको रिट सर्वोच्चद्वारा खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – एनसेलको सेयर बिक्री रोक्न माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको हो ।

प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत जारी गरेको छ ।

- Advertisement -
Ad imageAd image

यसअघि मल्ल र ढुंगानाको इजलासले पुस १ गते इजलासले हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो । पुस ९ गतेको इजलासले निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्