साताको अन्तिम दिन सामान्य अङ्कले बढ्यो सेयर बजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १९ अङ्कले बढेर २६३० दशमलव ७१ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१० कम्पनीका ६१ हजार ८३९ पटकको कारोबारमा २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad imageAd image

आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ। बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन्।यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्