१४ अंकले बढ्यो नेप्से: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ पुष २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन नेप्से १४ अंकले बढेर परिसुचक २६२६ अंकमा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो । आज ५ अर्ब २० करोडको कारोबार भयो ।

कारोबार रकमका आधारमा जानाकी फाइनान्स, जोशी हाइड्रोपावर अगाडि रहे । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । न्यादी हाइड्रोपावरको ८.६, सप्तकोशी विकास बैंकको ७.५ प्रतिशत बढ्यो ।

- Advertisement -
Ad image

विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७६, फाइनान्स १.६२, होटल तथा पर्यटन ०.९४, हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशत बढे ।

सपोर्ट माइक्रोफाइनान्सको १०, जानाकी फाइनान्सको ८ तथा युनिलिभर नेपालको ७.२ प्रतिशत मूल्य घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्