लगातार ओरालो यात्रामा रहेको सेयर बजारमा हरियाली: २८.९१ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो यात्रामा रहेको नेप्से सोमबार २८.९१ अंकले बढेको हो ।

यसदिन परिसुचक २६१२ अंकमा पुगेर रोकियो । आज ८९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको कारोबार भयो । कारोबारमा आएका १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

- Advertisement -
Ad image

यसदिन कारोबारका आधारमा जानकी फाइनान्सले सर्वाधिक १८ करोडको कारोबार गर्यो भने जोशी र मोलुङ हाइड्रो अगाडि रहे ।

आज सर्पोट माइक्रो फाइनान्स र सुपर माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्दा बाराहि, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेब्लपर्सको सेयर क्रमस ९.९९, ९.९३, ९.८६ प्रतिशतले बढ्यो ।

यस्तै आज मानूषी लघुबित्तको सेयर १० प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्