साताको पहिलो कारोबार दिन नै दोहोरो अंकले घट्यो नेप्से: कारोबार रकम घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – सातको पहिलो कारोबार दिन आईतबार सेयर बजार ओेरालो लागेको छ । यसदिन नेप्से १३ अंकले घटर परिसुचक २५८३ अंकमा झरेको छ ।

आज ९१ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ५१ करोेडको कारोबार भयो । कारोबारमा आएका १५३ कम्पनीको सेयर ओरालो लाग्दा ८५ कम्पनीको सेयर बढका छ भने ६ कम्पनीका मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

रिभर फल्स पावर कम्पनीको सबैभन्दा धेरै २२ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । आईतबार जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको मूल्य घटेको छ । सबैभन्दा धेरै (२.०५ प्रतिशत) विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् । लगानी समूहका लगानीकर्ताले १.१८ प्रतिशतले घट्याे ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोको ९.९९ र पिपुल्स पावरको मूल्य ९.७१ प्रतिशतले बढेको छ ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्