एनपीएल च्याम्पियन जनकपुरलाई १ करोड १० लाख नगद पुरस्कार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन जनकपुर बोल्ट्स्ले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा टीमका कप्तान एवं मार्की प्लेयर आशिफ शेखलाई चेक प्रदान गरिएको छ ।

- Advertisement -
Ad imageAd image

जनकपुरसँग फाइनलमा हारेको टोली अर्थात् प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सले ५० लाख रुपैयाँ नगद पुरस्कार जितेको छ ।

प्रतियोगितामा तेस्रो स्थान बनाएको कर्णाली याक्सले २० लाख र चौथो स्थान बनाएको चितवन राइनोजले १५ लाख पुरस्कार पाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्