काठमाडौं – आज बिहान बाजुरामा भूकम्प गएको छ । बाजुराको पूर्वी उत्तरी क्षेत्रको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर शनिबार बिहान पाँच दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा बाजुरामा भूकम्प गएको हो ।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय त्रसित हुँदै घरबाहिर निस्केका छन् । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको छ । भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए भने क्षतिकाे विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्