सूर्यदर्शन सहकारी ठगीमा १९ जनाविरुद्ध मुद्दा दायर, रविविरुद्ध आईतबार मात्रै दर्ता हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन् ।

- Advertisement -
Ad imageAd image

लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण सहितका अभियोगमा अनुसन्धान भइरहेकाले आईतबार मुद्दा दर्ता गर्ने तयारी छ ।

सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने र जोशी लगायतविरुद्ध अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो ।

सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशकविरूद्ध जाहेरी दिएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्