२५ सयको मनोवैज्ञानिक बिन्दुमा फर्कियो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्मे भएर बन्द भएको छ । यसदिन नेप्से ३१ अंकले घटेर परिसूचक २५९६ अंकमा झरेको हो ।

आज ९८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोडको कारोबार भयो । कारोबारमा आएका २११ कम्पनीको सेयर घटेको छ भने २९कम्पनीको बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

कारोबारका आधारमा जानकी फाइनान्सले सर्वाधिक १७ करोडको कारोबार गर्यो । आज सुपर माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने, नारायणी डेव्लपमेन्ट बैंकको सेयर ९.२१ प्रतिशतले घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्