एनपीएलको ‘प्लेअफ’ आज: पहिलो खेलमा चितवन र कर्णाली भिड्दै, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको भिडन्त पनि आजै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि उपाधि दौडको रोमाञ्चक्ता सुरु हुँदै छ। प्लेअफ समीकरण पूरा भएसँगै एक दिनको विश्रामपछि एनपिएलको अर्को चरण आजदेखि सुरु हुन लागेको हो।

प्लेअफ समीकरण पूरा भएसँगै आज बिहान ९ बजे चितवन राइनोज र कर्णाली याक्सबीच इलिमिनेटर चरणको पहिलो खेल हुनेछ। यो खेल जित्ने टिमले फाइनल पुग्नका लागि क्वालिफाइर–२ मा स्थान बनाउने छ।

- Advertisement -
Ad image

लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर पुगेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फाइनल पुग्न दिउँसो १ बजे भिडन्त हुनेछ। सुदूरपश्चिम र जनकपुरबीचको विजेताले उपाधि भिडन्तमा यात्रा पक्का गर्नेछ।

पराजित टोलीले अर्को एउटा अवसर प्राप्त गर्नेछ। बिहीबार चितवन र कर्णालीबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ। त्यसमा विजेता टोलीले शनिबार हुने फाइनलको टिकट पक्का गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान(ले नेपाल प्रिमियर लिगको विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ। यो नेपाली खेलकुदकै सर्वाधिक उच्च पुरस्कार राशि हो।

त्यस्तै, दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुने टोलीले १५ लाख प्राप्त गर्ने क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको हो।

एनपिएलका शीर्ष ४ टोलीले पुरस्कार राशिमै कुल २ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि नै क्यानले उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने घोषणा गरिसकेको छ। यसबाहेक क्यानले प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ५० हजार र क्याच अफ दी म्याच हुनेलाई २५ हजार प्रदान गर्दै आएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्