एनपीएलमा आज काठमाडौं र विराटनगर तथा पोखरा र सुदूरपश्चिम खेल्दै, कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० मंसिर २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार पनि दुई खेल हुँदैछन्। पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छ मध्ये दुई खेलमात्र जितेको छ। पोखराको यो अन्तिम खेल हो। उसले पनि दुई खेलमात्र जितेको छ। सुदूरपश्चिमको भने यो छैटौँ खेल हो। यो टोली चार खेलमा विजयी भएको छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्