पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज तथा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दै: तीन टिमलाई जित्नैपर्ने दबाब

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुँदै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले प्रतिस्पर्धा गर्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ ।

अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ ।

- Advertisement -
Ad imageAd image

आज दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्दै छ । तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण छ । अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

प्लेअफको सम्भावना कायम राख्न आज जनकपुरबाहेक बाँकी तीन टिमलाई जित्नैपर्ने दबाब छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्