९ जनवरीमा भारत भ्रमणमा निस्कने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर हुने सम्भावना छ ।

नेपालले ९ जनवरीमा भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पुस ५ गते नयाँदिल्ली जाने तय भएको छ ।

- Advertisement -
Ad imageAd image

‘प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक तयारी सुरु भइसकेको छ, त्यसकै लागि परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भ्रमणको मिति र एजेन्डाबारे परराष्ट्रमन्त्रीको भ्रमणका बेला छलफल होला ।’

प्रधानमन्त्री ओलीले यसपालि भारतभन्दा पहिले चीनबाट भ्रमण गरेका छन् । चीनबाट फर्केलगत्तै उनले अब भारत जाने बताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्